काठमाडौं
निर्माता हुँदै निर्देशक र कलाकार बनिसकेका छन सन्तोष सेन । कुनै बेला लामै समय बिदेश बसेर कमाएको लगानी उनले सिनेमामा गर्ने गरेका छन र मुनाफा पनि राम्रै भए पछि उनी यही क्षेत्रमा रमाए र अहिले सबै काममा उनी उतिकै लागेका छन ।
तर बेला बेला बोलीले डुबाउछ उनलाई । अझ भनौ सामाजिक सन्जालको छुचो अभिब्यक्तीले उनी विवादमा पर्ने गरेका छन ।
हालसालै को कुरा गरौ । उनले अनमोल केसीलाई इङित गर्दै एउटा स्ट्याटस लेखे । दसौ निर्माता डुबाएर सिनेमा बुझे भन्छन त साथी । यस्तै आसय थियो उनको पोस्टको । तर अनमोल माथी आक्रमण भएको भन्दै कमेन्टमा गालीको बर्षा हुन थाल्यो । अनि केही लागेन सेनले पोष्ट सम्पादन गरे । एक पटक होइन दुई दुई पटक ।
अहिले उनले लेखेको पोष्ट यस्तो छ । “दशौ चलचित्र सम्म लगातार निर्माता डुबाए पछि चलचित्र बुझियो भन्छन त निर्देशक साथीहरु..”
अब यसो हेर्दा त उनी डराएकै देखियो । हैन भने कलाकार माथीको प्रहार निर्देशक सम्म पुर्याउन के जरुरी थियो होला र । कि के हो वास्तविकता सन्तोष जी ?