Sur Cinema

Edit Content

ताजा अपडेट

कति अल्छी हो विकास जी ?

काठमाडौं : निर्देशक विकासराज आचार्यले अल्छिपनाको पराकाष्ठा पार गरेका छन् । त्यसो त उनले सिनेमाको नाम खोज्न नै अल्छी गरेर ‘नाई नभन्नु ल’को छैटौं सिरिज सम्म पुगेर रिलिज तयारी गरेका छन ।

यही नाममा सिनेमा बनाएर कलाकार देखि नाम सम्म नया खोज्न नपर्ने उनको गज्जब काइदा छ । तर अब भने अल्छिपनाले पराकास्ट नै नागेको देखियो ।

बैशाखको १ गतेबाट रिलिज हुने यो सिनेमाको दोश्रो गीत रिलिज गरियो उक्त सिनेमाको शिर्ष गीतको रुपमा सार्वजनिक ‘नाई नभन्नु ल’ यसअघि नै दर्शकले सुनिसकेका हुन् । 

गायिका मेलिना राईको स्वरमा विकासले ‘नाई नभन्नु ल ५’मै यो गीत प्रयोग गरिसकेका थिए र हाल सोही गीतलाई गायक प्रताप दासको स्वरमा ‘नाई नभन्नु ल ६’मा समावेश गरिएको छ जुन एकदमै कमजोर देखिएको छ ।

साथै भिडियोमा पनि खासै दम छैन र बिकासले अल्छी बनेर पुरानै गीत रङ्याएका छन । तर डुब्लिकेट रङ पर्यो क्यारे लगाउन नपाउदै खुइलिन थालेको छ । यो अल्छिपन बोकेर बिकास कहाँ सम्म पुग्छन त्यो त उनैलाई थाहा होला ।

बसन्त सापकोटाको संगीतमा तयार गीतको भिडियोमा मुख्य कलाकारहरु नायिका आँचल शर्मा र नव–नायक आर्शिवाद क्षेत्रीलाई फिचरिङ गरिएको छ ।