Sur Cinema

Edit Content

ताजा अपडेट

निर्देशक समाजको चुनावमा निर्विरोध निर्वाचितको बर्चस्व

काठमाडौं
चैत्र ११ गते सनिवार निर्देशक समाजको साधारण सभा तथा चुनावी प्रकृया सम्पन्न भएको छ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप पराजुलीलगायत सदस्यसम्मका पदाधिकारी निर्विरोध चयन भएका छन ।
जस अन्तर्गत अध्यक्षमा जनकराज पराजुली निर्विरोध मनोनित भए । त्यस्तै उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का,महासचिव अरुणकुमार प्रधान, सचिव देवेन्द्र पाण्डे, कोषाध्यक्ष समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात मनोनित भए । त्यस्तै सदस्यहरु दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी र अमृतमान महर्जन छानिएका छन ।

सहसदस्यको लागि भने निर्वाचन नै गर्न पर्यो । जसबाट सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।
अध्यक्ष पदमा, पुर्व महासचिव  जनकदिप पराजुली सङ्ग कोहि पनि प्रतिद्वन्दी नभएका कारण स्वतह अध्यक्षको जिम्मेवारी सुम्पियो ।
ताराकुमार श्रेष्ठ प्रमुख निर्वाचन आयुक्त रहेको मतदान प्रकृयामा निर्वाचन  अधिकृतमा अमृत सुनुवार  र शान्ती प्रिय द्वय रहेका थिए ।

निर्वाचन अघिको पहिलो सत्रमा, निर्देशक तथा साउन्ड डिजाइनर प्रदिप उपाध्याय लाई दिर्घ  सम्मान बाट सम्मानित गर्नु साथै निर्देशन र कलाकारिता बिधामा विशेष योगदान पुर्याउने अन्य सिनेकर्मी हरुलाइ पनि   सम्मान तथा कदर पत्र बितवरण गरिएको थियो।  प्रमुख अथितीहरु साम्सद आसिफ साह,मधुकुमार श्रेष्ठ लगायत समाजका पुर्व अध्यक्ष हरु  नारायण पुरी दयाराम दाहाल ले आ-आफ्नो धारणा राखेका थिए ।

समाज बामे सर्दै  गर्दा घर घरबाट भौतिक संरचना ल्याएर समाजको सास धानेको स्मरण गराउदै पुर्व अध्यक्ष  पुरी ले अहिले को अवस्थामा आउनु गर्व रहेको बताए ।
त्यस्तै  पुर्व बिकासबोर्ड अध्यक्ष दयाराम दाहालले बिकास बोर्ड सबै चलचित्रकर्मीका हितमा हुनु पर्ने  धारणा ब्यक्त गरे। तर  चलचित्र जाचपास समिती बोर्ड मातहत नभइ सुचना तथा सन्चार प्रबिधी मन्त्रालयमा राखेर अधिकार बिहिन बनाउनु  दुखद: भएको भन्दै, दाहालले भने, हामीले हाम्रै कार्यकालमा जाचपास समितीका अध्यक्ष चलचित्रकर्मी भित्रै बाट रहनु पर्छ भन्ने  लिखित रुप मै संबंधित मातहतमा पेस गरेका छौ । चलचित्र बिकास बोर्ड, “मन्त्रालयको खजान्ची को तोक आदेश मा निर्भर” रहेको तितो यथार्थ रहेको पनि अनुभव सुनाउदै घिमिरेले भने, त्यस्का लागि निर्देशक को छाता सङ्गठनको पहलमा सबै सिनेकर्मी संघ सस्था होस्टेमा हैसे गरेर लाग्नु पर्ने बताए।

निर्देशक समाजले  गएको कार्य समितिको पहलमा निर्देशक समाज अब पुर्ण रूपमा डिजिटल प्रबिधिमा(युग) मा  गएको समाजका पुर्व  महासचिव तथा नया अध्यक्ष जनकदिप पराजुलिले जानकारी दिए ।
चुनाव प्रकृयामा जानू पुर्व सदस्यहरुको बिचारले माहोल  गर्माएको थियो भने चुनाव प्रकृया सुरु हुनु अघि धेरै समय  प्रभावित भएको थियो। जसबाट सदस्यहरु रुष्ट देखिन्थे।