Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बेनिशा निर्देशित सर्ट सिनेमा ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक

काठमाडौं । वर्षा राउत र विवेक सिंह ठकुरी स्टारर सर्ट सिनेमा ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ। यो सर्ट सिनेमालाई अभिनेत्री बेनिशा हमालले निर्देशन गरेकि हुन् । बेनिशाको लागि यो निर्देशकीय ‘डेब्यू’ सर्ट सिनेमा हो।

बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो सिनेमा ‘छक्का पन्जा ४’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । सिनेमा पत्रकारको भूमिकामा देखिएकी बेनिशाले कामको राम्रै तारिफ पाएकी छन् ।

सिनेमा ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ सिनेमामा अभिनय गरिसकेकी छन् । १२ सिनेमाको अभिनय पछि उनले निर्देशनमा ‘डेब्यू’ गरेकी हुन् । यो सर्ट सिनेमामा बेनिशाकै लेखन रहेको छ ।

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमामा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।

केदार भुषाल कार्यकारी निर्माता रहेको सिनेमामा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नविन अवालको कला निर्देशन छ ।

यो सर्ट सिनेमा सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड र विभिन्न स्मार्ट टिभिमा विश्वभर बाट हेर्न सकिन्छ ।

ट्रेलर लिङक: