काठमाडौं : सिनेमा ‘सरी मम्’को विशेष शो गरिएको छ। काठमाडौं प्याब्सनको आयोजनामा सोमबार चलचित्र विकास बोर्डमा विशेष शो गरिएको हो।
लागुऔषध दुर्व्यसन रोकथाम सहचेतना कार्यक्रम संगै जनचेतनामूलक सिनेमा भएकोले ‘सरी मम्’को विशेष शो गरिएको बताइएको छ । काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षितज्यूको सभापतित्वमा सम्पन्न उक्त विशेष शो कार्यक्रममा प्याब्सन केन्द्रका अध्यक्ष डि.के ढुङ्गाना प्रमूख अतिथी रहनु भएको रहेको थियो।
उक्त कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र विभिन्न नगर प्याब्सनका अध्यक्ष /पदाधिकारीहरू, विभिन्न संस्थागत तथा निजी विद्यालयका प्रिन्सिपलहरू एवम् शिक्षकहरूको बाक्लो उपस्थिती रहेको थियो।
सिनेमा हेरिसकेपछी सहभागीहरूले ‘सरी मम्’ सिनेमा एकदमै राम्रो लागेको र आफु पनि धेरै ब्यस्त हुने हुँदा आफ्नो छोराछोरी पनि कतै बिग्रिएका त छैनन् भनेर छोराछोरीको सम्झना आएको पनि बताउनु भयो।
शिक्षकहरुले यस सिनेमा अभिभावक र विद्यार्थीहरुलाई अत्यन्त उपयोगी रहेको बताउनु भयो र सम्भव भएसम्म सबै यो सिनेमा अभिभावक र विद्यार्थीहरूलाई देखाउनु पर्ने सल्लाह दिनु भयो।
प्याब्सन केन्द्रका अध्यक्ष डि.के ढुङ्गानाले यस् सिनेमा ‘सरी मम्’ आफुलाई अत्यन्त मन परेको र एकदमै सन्देश मुलुक रहेको बताउँदै यो सिनेमा हाम्रा बिद्यार्थीलाई देखाउनु पर्ने राय प्रकट गर्नु भयो।
यो कार्यक्रम प्याब्सन काठमाडौका सहसचिब तथा अतिरिक्त क्रियाकलाप बिभागका संयोजक ओम प्रसाद ढकालको संयोजकत्वमा भएको थियो।
सिनेमा ‘सरी मम्’ कथा निर्माता बिनोद लामा तामाङ र खेमराज अधिकारी रोजिता तामाङ गरेका छन भने निर्देशक नविन बोगटिको रहेका छन ।
सिनेमाको मूख्य भुमिकामा सरिता लामिछाने , सरोज खनाल , एलिस राई , प्रभात पाल , प्रेबिल कंडेल , युनिसा बजगाई , रेजिना मगर , बिहान श्रेष्ठ , आर. बि कटुवाल आदि रहेका छन् ।