काठमाडौं : एभरेष्ट सुर्य बोहरा निर्देशिर सिनेमा ‘हेल्लो जिन्दगी’ अमेजन प्राइम यूकेमा रिलिज गरिएको छ। अब दर्शकले अमेजन प्राइममा यो सिनेमा हेर्न सक्नेछन् ।
गत वर्ष प्रदर्शनमा आएको ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।
सिनेमामा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय रहेको छ।
सिनेमा युके र नेपालमा खिचिएको थियो। यो सिनेमाका निर्माता बिक्रम डि जोशी हुन् । उनलाई निर्माणमा हिराल जोशी र बिक्रम डि जोशी सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमाको सहनिर्मात्रीमा सबिता गुरुङ रहेकी छन् ।