Sur Cinema

Edit Content

ताजा अपडेट

“संयोग कि चाह”

काठमाडौं
आज अर्थात फागुन १९ मा दुई सिनेमा छक्का पन्जा र छड्के का सिरिज रिलिज भए । प्रारम्भिक चरणमा  छड्के २.० को सवालमा छक्का पन्जा ४ ले घरेलु मैदानमा तिब्र गति ल्याएको देखियो। प्रारम्भिक दिन बाट नै शीत युद्दमा देखिएका दुबै सिनेमा, हलमा जन्मने बेलामा  दिपक राज गिरि र अनमोल के. सि. ले एक अर्काको अस्तित्व  स्विकार गर्दै  शुभकामना आदान प्रदान गरे जुन सिने बजारको  सद्भावका लागि सकरात्मक पाटो हो।

शीत युद्ध  पनि कस्तो भने दुबै सिनेमा छड्के २.० र छक्का पन्जा ४ ले मोटरसाइकलमा त्यस्का प्रमुख पात्र लाई राखी पछाडी अन्यलाई  लस्कर लगाएको एउटै झल्को दिने पोस्टर प्रदर्सनमा ल्याउन भ्याए ।  सायद त्यो संयोग मान्नु पर्ला, नहोस पनि किन दुबै सिने उध्योगका लागि राजा मानिएका छन, ठानिएका छन । सुस्ताइ रहेको नेपाली सिने बजारलाई दुबै सिनेमाले गरमाउने आकलन  सिनेकर्मीमा छ, जस्को छनक प्रदर्शनको पहिलो दिनले संकेत गरेको छ। दुबै सिनेमा लाई हार्दिक बधाइ ।