Sur Cinema

Edit Content

ताजा अपडेट

प्रेम पवित्र छ : रेखा थापा

काठमाडौं : देश तथा विदेशमा आज मंगलबार प्रेम जोडीहरुले प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे उल्लासका साथ मनाइरहेका छन् ।

धेरैले सामाजिक संजाल फेसबुकमा प्रेमिल स्टाटस लेख्दै प्रेम दिवसको शुभकामना दिइरहेका छन् । यसैबीच, नायिका रेखा थापाले पनि प्रेम दिवसको शुभकामना दिँदै प्रेम पवित्र रहेको बताएकी छिन् ।

रेखाले आफ्नो फेसबुक अकाउन्टमा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘प्रेमीहरु यो दुनियाँमा सबै भन्दा बढी दण्डित छन्। किनकी ईतिहासमा प्रेम साँकेतिक कला बन्यो I जित्नेको प्रेम अमर भयो, हार्नेको प्रेम पाप भयो । तर प्रेम पबित्र छ, प्रेम जीवन शक्ती भएर हामीलाई जोडिराख्ने छ I’

त्यसो त, रेखाका अनुसार यो स्टाटसबाट प्रेमीहरु यो संसारमा सबैभन्दा बढी दण्डित छन् । खैर जे होस्, रेखाको यो स्टाटसले धेरै कुरा बोलेको छ।