Sur Cinema

सयौं सिनेमाकर्मीको उपस्थितिमा ‘११ औं नेफ्टा अवार्ड’को औपचारिक घोषणा

काठमाडौं : अमेरिकाको टेक्सासमा आगामी जेठ १३ गते (२७ मे, २०२३) मा सम्पन्न हुन गईरहेको ‘११ औं नेफ्टा अवार्ड’को औपचारिक घोषणा गरिएको छ।

राजधानीमा विहिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै आयोजक टिमले आधिकारिक घोषणा गरेको हो।

सयौं सिनेमाकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त घोषणा कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले प्राविधिक संघ र नेफ्टा आयोजक पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै सिनेमाको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताएका थिए।

अघिल्ला अवार्डहरु दुबई, मलेसिया, हङकङ र कतारमा सफलताका साथ सम्पन्न गरिसकेको आयोजक टिमले यसपटक पनि अमेरिकामा भव्य रुपमा सम्पन्न गरिने जनाएको छ।