काठमाडौं : नेपाली सिनेमा सबै भन्दा धेरै कसले निर्देशन गर्यो भन्दा अगाडी आउने नाम हो शोभित बस्नेत । उनले दुइ दर्जन भन्दा बढि सिनेमा निर्देशन गरिसकेका छन् । साथै निर्माणमा पनि उतिकै सक्रिय रहेका छन् ।
दुई दशक भन्दा लामो समयदेखि नेपाली सिनेमामा अभिनय देखि लिएर निर्माणका सम्पुर्ण काम आफै गर्दै आएका छन् ।
नेपालमा सित्तैमा सिनेमा खेल्ने अभिनेत्री देखि लिएर १८ लाख भन्दा बढि पारिश्रमिक लिने अभिनेत्री देखेका निर्देशक बस्नेतले तीन जना कलाकार बाहेक उनले अरुलाई एक लाख ८० हजार भन्दा बढि पारिश्रमिक लिन लायक नभएको तर्क दिएका छन् ।
आइतबार आफ्नो जन्मदिनको अवसर पारेर केहि पत्रकारका सामु उनले अहिलेका १८ लाख,२० लाख पारिश्रमिकले हलमा एक पनि दर्शक अटाउन नसकेको दाबी गरेका थिए । उनले आफ्नौ छेउमै रहेकी अभिनेत्री पूजा शर्मा,अनमोल केसी र प्रदीप खड्का बाहेक कसैले पनि दुइ दिन हलमा दर्शक टिकाउन नसक्ने भन्दै पारिश्रमिक दिन लायक नभएको अभिव्यक्ती दिएका हुन् ।
शुक्रबारबाट हलमा चलिहरको सिनेमा ‘ह्यारी कि प्यारी’ले राम्रो व्यापार गर्न सकिरहेको छैन । यस कारण यस सिनेमाकी अभिनेत्री साम्राज्ञीलाई लक्षित गर्दै भने,‘अठार लाख नलिनुस् एक लाख असि हजार लिनुस्,एक सो चाही हाउसफुल गर्दिनुस् भन्न मन लाइराछ अहिले चाही ।’
कुनै पनि कलाकारले ४०–५० लाख लिन्छ भने उसले आफ्नो सिनेमाको प्रोड्युसरलाई दुइ दिन हलमा दर्शकको भिड लगाइदिनु पर्ने उनको भनाई छ ।
उनले भने,‘मैले लेखेका स्टाटसको कमेन्टमा धेरै जनाले सिनेमा कलाकारले होइन,कन्टेनले हो भन्ने गरेका छन् । म के भन्छु भने पहिलो र दोस्रो दिन कलाकारको अनुहारले सिनेमा चल्छ भने तेस्रो दिनबाट कन्टेनले सिनेमा चल्छ,कन्टेन पहिलो दिनबाट कहिलै पनि चल्दैन । यदि पहिलो दिनबाट नै कन्टेन चल्ने हो भने किन ठुल ठुला कलाकार लिने ।’
उनले अहिलेको समयमा हलमा दर्शक तान्न सक्ने कलाकार तीनजना मात्रै भएको दाबी गरे । उनले आफ्नो जन्मदिन मनाउन आएकी अभिनेत्री पूजा शर्माको प्रशंसा गर्दै दर्शक हलमा तान्न सक्ने क्षमता पूजा शर्मा,अनमोल केसी र प्रदीप खड्का भएको बताए ।
उनले भने,‘अहिलेको स्टार भनेको अनमोल केसी,पूजा शर्मा र प्रदीप खड्का मात्रै हुन् । उनीहरुले मात्र दर्शक हलमा तान्न सक्छन् ।’ यि कलाकारले मात्रै दुइ दिनसम्म हलमा भिड लगाउन शोभितको भनाई छ । यि बाहेकहरुले हलमा दर्शक तान्न नसक्ने उनको तर्क थियो ।