Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भारतबाट सुरु भयो सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकन

काठमाडौं : नीता ढुंगाना फिल्मसको व्यानरमा निर्माण हुन लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गरिएको छ। सिनेमा निर्माण हुने घोषणा भएको लामो समयपछि निर्माण टिमले छायांकन कार्य सुरु गरेको हो।

भारतको हैदरावादमा रहेको रामोजी फिल्म स्टुडियोबाट यो सिनेमाको छायांकन सुरु भएको हो।
छायांकन सुरु गर्दै गरेको तस्वीर निर्माण टिमले सार्वजनिक समेत गरेको छ।

यो सिनेमालाई चन्द्र पन्तको निर्देशन गर्दैछन्। साउथका केही कलाकारसँगै नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, गरिमा शर्मा लगायतका जम्बो कलाकारको अभिनय यस् सिनेमामा रहनेछ।

हालसम्म कथा बस्तु गोप्य राखिएको यो सिनेमा कस्तो बन्ला भन्ने कौतुहलता यतिबेला सबैमा छाएको छ।