काठमाडौं : शोभित बस्नेतको प्रस्तुतिमा निर्माण लागेको सिनेमा ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको छिन् ।
शोभितको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो। सिनेमामा केकी संगै अब अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् ।
टेक पौरखी राईले निर्देशन गर्ने सिनेमा आगामी फागुन २५ गते देखि छायांकनमा जाने छ। सिनेमा पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।
सुरेश न्यौपानेको कथा रहेको सिनेमा एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको बताइएको छ। सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ।
सिनेमामा सौरभ लामाको छायांकन रहनेछ।
‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।