Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हात धोएर साम्राज्ञीको पछि किन पर्छन मेकर्स ?

काठमाडौं ।
अभिनेत्री साम्राज्ञी आरएल शाह माथी एउटा आरोप छ । उनी मेकर्स संग मिल्न सक्दिनन । तर उनको कुरा सुन्दा लाग्छ उनी माथी मेकर्स चै असहिष्णु भएका हुन कि ?

भुवन केसी, रेनशा बान्तवा राइ र झरना थापा संगको बिषयमा साम्राज्ञीले रजतपट कार्यक्रमा जवाफ दिइसकेकी थिइन । मेकर्स चुप रहदा उनले आफू माथी नराम्रो व्यवहार भएको भन्दै स्पष्ट रुपमा बताएकी छन । यसरी खुलेर बोल्दा “तिम्रो मेरो साथ” का निर्माता निर्देशक रमेश एमके पौडेलले पनि राम्रै साथ दिएका थिए । “बजारमा हल्ला चलेको भन्दा उनलाई फरक पाए” खुलेरै पौडेलले शाहको बारेमा बोलेका थिए ।

उक्त सिनेमा प्रमोसनका लागि शाहले पनि राम्रो साथ दिइन । धेरै ठाउमा उनी र पौडेल मात्रै पनि पुगे । देश दौडाहमा पनि नायिका लागिरहिन । टिममा कुनै समस्या देखिएन । तारिफ नै तारिफ थियो एक अर्काको । तर, जब दर्शक सिनेमा हेर्न हल सम्म आउने छाटकाट देखिएन अन्य मेकर्स झै पौडेल पनि रुष्ट देखिए । हाल सम्म सहकार्य नै नगरेका सन्तोश सेनले शाहलाई पेच पर्ने गरि पोष्ट गरे ।

“एउटा चलचित्र हल सम्म आईपुग्दा ४००/५०० जना मानिसको दिमाग़ संगै मेहनत लाग्ने गर्छ, करोडौ पैसा देखी,वर्षौको समय लगानी भएको हुन्छ, अन्तिम सास् सम्म आश् हुन्छ भन्छन ..
तर यहा जन्माएर अलपत्र छाडेर जाने कलाकार त्यो पनि मुख्य केन्द्रमा रहेका कलाकार..! हाम्रो सिने उधोग बामे मात्र सर्दैछ हिड्न सकेको छैन, कसैले फुर्ती नलगाए पनि हुन्छ, लगानी आउने ०.५ % ग्यारेन्टी नहुदा नहुदा यंत्रों चुनौती मोलेको अवस्थामा कम्तिमा प्रदर्शन को २/३ दिन त साथ दिनुपर्छ,चिन्तित हुनुपर्छ, आत्मारतीमा रमाउन भन्दा पनि सिंगों क्षेत्रलाई अगाडी लिएर जनु पर्छ भन्ने सोच पालौ..
“तिम्रो मेरो साथ” मनोरंजनत्मक चलचित्र हल हल मा ..❤️❤️”
(उनको पोस्ट जस्ताको त्यस्तै)

यो पोस्टमा पौडेलले धन्यबाद भन्दै सहि कुरा गरेको बताए ।
भएको के रहेछ भने सिनेमा प्रदर्शनमा आए पश्चात् शाह आफ्नो अर्को प्रोजेक्टको प्रमोसनमा लागेकी छन । उनको “ह्यारी कि प्यारी” सिनेमा पनि प्रदर्शनको तयारीमा छ । माघ २० गतेबाट प्रदर्शनमा आउने सिनेमालाई उनले समय दिनु गलत हुँदै होइन । तर सिनेमाले पानी पनि भन्न नसक्ने स्थिती आएपछी मेकर्स कलाकार माथी नै भड्किने रहेछन । र, भयो पनि त्यही । लगत्तै अर्को सिनेमा आउदै गर्दा पनि प्रमोसनमा नजानु झै गर्ने मेकर पौडेल पो निरंकुश झै देखिए ।

यता अर्का सिनेकर्मी शोभित बस्नेतले पनि आफ्नो दुश्मनी निकाले । त्यसो त चिनजान नै नहुदा पनि आफ्नो बारे बस्नेतले गलत बोलेको भनेर शाहले बताइसकेकी छन । सन्जालमा बस्नेतले अठार लाख लिएर आठ शो पनि चलाउन नसक्ने भने । यस्को जवाफमा शाहले बस्नेत फुर्सदिलो भएको र कुरा काटेको बताइदिइन ।
शाहले मारुनी र मंगलम सिनेमामा निर्देशक नवल नेपालको साथ काम गरिन । जहाकुनै प्रकारको पनि बैमन्स्यता देखिएन । पुष्प खड्का संगै पनि उनले काम गरेको यो सिनेमा तेस्रो हो । तर उनको पुष्प संग राम्रो मित्रता छ ।

यसरी हेर्दा साम्राज्ञीलाई भन्न पर्ने भन्दा धेरै भनेर गलत बनाउन पो खोजिएको हो कि ? आफू निकट नायिका हिट बनाउन खोज्ने मेकर्सले शाहलाई निकट बनाउन नसकेर पो आक्रोश पोख्दै छन कि ? जवाफ त उनीहरुलाई नै थाहा होला ।