काठमाडौं: चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय अधिवेशन नजिकिँदै गर्दा शाखाहरुमा धमाधम अधिवेशन गर्दै नयाँ कार्यसमिति चयन गर्ने कार्य तिव्र छ।
यसैबीच, चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पनि आफ्नो ८ औं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन बाट अध्यक्षमा गोविन्द अर्याल सर्वसम्मत चयन भएका छन् ।
अर्याल चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक हुन् ।चितवन शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् ।यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् ।
यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको निर्वतमान अध्यक्ष रवि अधिकारीले जानकारी दिए । निर्वतमान अध्यक्ष अधिकारीले तिन कार्यकाल संघको नेतृत्व लिएका थिए ।