काठमाडौं
केहि निर्माता तथा निर्देशकहरु सिनेमा बनाउनु भन्दा पनि बढि हल्ला गर्ने गरेका छन् । आफुलाई चर्चामा आइरहनका लागि बेला बेलामा कलाकार अनुबन्धित गरेको प्रचार गरिरहन्छन् ।
निर्देशक राजु गिरी पनि उनीहरुकै सिको गरिरहेका छन् । उनको निर्देशनमा बन्ने सिनेमा ‘नम्बरी सुनमा’मा केहि साता यता कलाकार थपेका थपै छन् । तर,अहिलेसम्म छायांकनमा जाने मुड चलाएका छैनन। हिजो मात्रै उनले अभिनेतामा बिनोद न्यौपानेलाई अनुबन्धित गरेको छन् ।
यस अघि सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतलाई छिम्मल छिम्मलका अनुबन्धित गरे । उनले कलाकार अनुबन्धित गर्दा गर्दै फिल्मको छायांकन एक वर्षपछि हुने त हैन,यति बेला सिनेमा बजारमा यहि चर्चा चल्न थालेको छ । के राजुले चर्चाकै लागि कलाकार अनुबन्धित गरेका हुन् । खास कुरा के हो राजु जी ?