Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘गुञ्जन’को कथाले कबिरको जीवनमा मेल खाकै हो त ?

काठमाडौं :
नेपाली सिने क्षेत्रमा उदाउदै गरेका अभिनेता हुन् कबिर खड्का । उनी अभिनित सिनेमा ‘गुञ्जन’को बिहिबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरियो ।

ट्रेलरमा उनले आफ्नै साथीको प्रेमिका भगाएको दृश्य देखिएको थियो । सोही दृष्यलाई हेरेर पत्रकारले उनलाई रियल लाइफमा तपाईले अर्काको प्रेमिका खोस्नु भएको छ भन्ने प्रश्न गरेका थिए ।
पत्रकारको जवाफमा उनले आफुले अर्काको प्रेमिकालाई नभगाएको तर, आफ्नै प्रेमिका चाही अरुले भगाएको बताए ।
उनले भने,‘त्यस्तै त छैन,उल्टै भोगेको छु । आफ्नो प्रेमिका चाही अरुले खोसिदिएको छ ।’

उनको कुरा सुनेका पत्रकारले यतिमै रोकिने कुरै भएन । फेरि सोधे,‘के मा कुरा मिलेन।’ खड्काले हाँस्दै भने,‘त्यो चाँही प्राइभेट भनौँला नि ।’

जे होस कबिर सिनेमामा आफ्नो कथाको ठिक उल्टो भएता पनि के भयो र ? कसमेकम सिनेमा हेर्दा प्रेमिकाको याद झल्झली आइहाल्छ नि हैन र ? कि कसो कबिर ।