Sur Cinema

Edit Content

ताजा अपडेट

प्रविन बेडवाल प्रतिमा केसीको ‘सान्बाबु’ सार्वजनिक

काठमाडौं
प्रविन बेडवाल प्रतिमा केसीको स्वरमा रहेको गीत ‘सान्बाबु’ सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको सङगीत, सञ्जिव बराईको एरेञ्ज, किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा छायाँकन गरिएको भिडियोमा वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई प्रस्तुत गरिएको छ ।

विकाश दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको गीतको भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।