Sur Cinema

Edit Content

ताजा अपडेट

जन्मदिनको शुभकामना सिनेकर्मी नवल नेपाल

काठमाडौं ।
महिलालाई कोमलताको प्रतीक मानिन्छ । महिला मनको त के कुरा गर्नु नौनी झै कोमल भनेर परिचित नै छ । यही महिला मनलाई केन्द्रमा राखेर सिनेमाको रुप दिने एक सिनेमाकर्मी छन नेपाली सिने जगतमा । धार्मिक ग्रन्थमा चित्रित महिला पात्रले उनलाई आकर्शित गर्छन । त्यहीबाट प्रभावित भएर उनी सिनेमाका पात्रमा रङ्ग भर्छन ।

नेपाली सिने क्षेत्रमा महिलालाई “सो पिस” सोच्ने भिड भन्दा भिन्न छन उनी । महिला मन भित्र छिर्न सके कैसौ सिनेमाका कथा सहजै जन्मिने छन भन्छन । वान लाइन स्टोरी देखि स्कृप्ट स्कृनप्ले हुँदै निर्देशन सम्म एक्लै गर्न सक्छन पनि ।

उनी हुन, श्रीमान् , महशुस, लज्जा, भाग सानी भाग, मंगलम , मारुनी जस्ता महिला प्रधान सिनेमा निर्देशन गर्ने नवल नेपाल । आज उनै नवलको जन्मदिन । सुरसिनेमा टिमको तर्फबाट उनलाई जन्मदिनको करोडौ शुभकामना ।