Sur Cinema

‘डिसेम्बर फल्स’को आकस्मिक कार्यक्रम (फोटो फिचर)

काठमाडौं :
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘डिसेम्बर फल्स’को निर्माण टिमले बुधबार काठमाडौंको लाजिम्पाट स्थित रहेको सम्पदा गार्डेन होटेलमा आकस्मिक पत्रकार सम्मेलन कार्यक्रम गरेको छ।

सिनेमाको प्रदर्शन संघारमा मिडियाकर्मीसँग अन्तरक्रिया गर्ने उद्देश्यले निर्माण टिमले आकस्मिक कार्यक्रम गरेको बताइएको छ। कार्यक्रममा सिनेमाका नायक आर्यन सिग्देल, नायिका उपासना सिङ ठकुरी, प्रभात पल तथा निर्माता रामप्रसाद रिजाल र कार्यकारी निर्माता लक्ष्मण रिजाल लगायतको उपस्तिथि रहेको थियो।