काठमाडौं
अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक तथा सिनेमा निर्माता सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयका विद्यार्थीहरूलाई साथै बृद बृदा लाई जाडो छेकने २५० थान ज्याकेट सामग्रीहरू प्रदान गर्नुभएको छ ।
‘हामीले अनुग्रह फाउण्डेसनमार्फत प्रत्येक बर्ष समाज कल्याणका बिभिन्न कृयाकलापहरू गर्दैआइरहेको छौ यो जाडोमा पनि न्यानो कपडा प्रदान गरेका हौं’, राईले भन्नुभयो ।


















