Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुवेदीको अनटाईटल सिनेमामा मलिका अनुबन्धित

काठमाडौं–
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको अनटाईटल सिनेमामा अभिनेत्री मलिका महतको मुख्य भूमिका रहने भएको छ । सुवेदीका अनुसार शीर्षक राख्न बाँकी रहेको उक्त सिनेमामा अभिनेत्री महत शीर्ष भूमिकामा प्रस्तुत हुनेछिन् ।

दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने उक्त सिनेमाको लेखक पनि स्वयंम सुवेदी नै हुन् । सिनेमाका निर्माता समेत सुवेदी नै हुन् भने गीत समेत उनैले रचना गरेका छन् ।

‘अन्य कलाकारका लागि छिट्टै अडिसन गरिने छ, निर्देशक सुवेदी भन्छन्– ‘फागुनको पहिलो साताबाट यो सिनेमाको छायांकन सुरु हुनेछ ।’