Sur Cinema

Edit Content

ताजा अपडेट

पुष्प र साम्राज्ञीको जमेको जोडी

काठमाडौं
अभिनेता पुष्प खड्का पछिल्लो समयका महँगा अभिनेता हुन् । उनले अभिनय गरेका केहि सिनेमा भटाभट प्रदर्शन भइरहेका छन् । केहि महिना अघि सिनेमा ‘कृष्ण लीला’ प्रदर्शनमा आएको थियो । त्यो सिनेमा रिलिजसँगै अर्को सिनेमा ‘तिम्रो मेरो साथ’प्रदर्शनमा आउने तयारीमा छ ।

यहि पौष २९ गतेबाट हलमा लाग्ने सिनेमा ‘तिम्रो मेरो साथ’को अहिले व्यापार प्रचारप्रसार भइरहेको अवस्थामा पुष्प र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको सहकार्यलाई लिएर चर्चा हुन थालेको छ । यस अघिका सिनेमामा अभिनेत्री साम्राज्ञीले कुनै अभिनेतासँग दोहोर्‍याएर सिनेमामा काम गरेकी छैनन् । तर, यस पटक भने अभिनेता पुष्पसँग जोडी बनेर दुइ वटा सिनेमामा काम गरिसकेकी छन् ।

पुष्प र साम्राज्ञीको यो ‘तिम्रो मेरो साथ’ दोस्रो सहकार्य हो । यसले पनि धेरैलाई चकित तुल्याएको छ । के साम्राज्ञी र पुष्पको जोडी मिलेको हो त ? अहिले सिनेबजारमा यहि चर्चाले स्थान पाएको छ । यस अघि उनीहरुले नवल नेपाल निर्देसित सिनेमा ‘मारुनी’मा सँगै काम गरेका थिए । जुन सिनेमा व्यवसायिक हिसावले ठिकै भएको थियो ।