Sur Cinema

Edit Content

ताजा अपडेट

किरणको ‘हात्तीछाप’मा दयाहाङ अनुबन्धित

काठमाडौं
किरण नेपालीको आगामी सिनेमा ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।

विहिबार बेलुका दयाहाङ र किरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आफु प्रस्तुतकर्ता रहेको ‘दुई नम्बरी’ले व्यवसायिक सफलता प्राप्त गरेपछि निर्माता नेपालीले दयाहाङसंग पुन: टिमअप गरेका हुन् ।

‘हात्तीछाप’को अर्का मुख्य अभिनेताको रुपमा सौगात मल्ल, खगेन्द्र लामिछाने र विपिन कार्की मध्ये एकजना छनोट गरिने नेपालीले जानकारी दिए ।

सिमोस सुनुवारले निर्देशन गर्ने ‘हात्तीछाप’को लागि मुख्य अभिनेत्री भने अडिसन मार्फत छनोट हुनेछिन ।

सिनेमाको पटकथा प्रदीप भारद्वाजको हो । ‘हात्तीछाप’को कथा सारांशबारे भारद्वाज भन्छन, ‘हिङ नभए पनि हिङ बाँधेको टालोको प्रवृत्तिको हो यो । मान्छेसँगै सबै कुरा सकिए पनि ऊ सँग अझै अक्कड बाँकी छ ।’

फागुनपछि छायांकनमा जाने रहेको ‘हात्तीछाप’पछि निर्माता नेपाली ‘दुई नम्बरी’को दोस्रो शृंखलाको निर्माणमा जुट्नेछन् ।