Sur Cinema

Edit Content

ताजा अपडेट

अन्ततः ‘प्रसाद २’को छायांकन सुरु

काठमाडौं
प्रतिक्षित सिनेमा ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् भने सुवास थापा सिनेमाका प्रस्तुतकर्ता हुन् ।

आज बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए । सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुने सिनेमामा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । माछापुछ्रे गाउँपालिकामा यो सिनेमाको छायांकन ४० दिनसम्म चल्नेछ ।

सिनेमामा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । सिनेमालाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।

सिनेमा ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो । सिनेमाको कथावस्तु उत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङ्खलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले लिएका छन् । प्रदर्शन मिति भने छायांकन सकिएपछि तोकिने निर्माणपक्षले बताएको छ ।