Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हरि उप्रेतीको भजन ‘गुरू’ सार्वजनिक

काठमाडौं,
गीतकार हरि उप्रेतीको गुरूहरू प्रति समर्पित भजन ‘गुरू’ सार्वजनिक भएको छ । भीम ढकालको स्वर, तृप्ती खडकाको सङ्गीत रहेको भजन ‘गुरू’को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियो हरि उप्रेती अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हरि उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् ।

उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसङ्गीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको केही समय पहिला गजलसङ्ग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।