काठमाडौं । ‘स्वर सम्राट’ नारायण गोपालको स्वर सुन्दा मलाई यस्तो लाग्छ कि कसै-कसैको स्वर मात्रै पनि ठूलो सिर्जना हो आफैमा। जसरी शब्द, जसरी सङीत।
यी सुन्दर शब्द सङीतकर्मी हेमन्त शर्माले आइतबार मङ्सिर १९ मा नारायण गोपाल कर्मचार्यका लागि खर्चिएका हुन् । आइतबार नारायण गोपालको स्मृती दिवस । आइतबार कै दिनमा शर्माले “बादल सरी म” बोलको नारायण गोपालको गीत गाउँदै उनी प्रती श्रद्धा सुमन अर्पण गरेका हुन् ।
नारायण गोपालले ५१ बर्षको उमेरमा आज भन्दा ३२ बर्ष अघि देह त्याग गरेका थिए । उनको शरिरले हामीलाई छोडेर गए पनि उनका अजरअमर गीत अझै पनि उत्तिकै कर्णपृय छन् , मन मनमा छन् ।
युवाहरु अन्य समय भिन्न भिन्न प्रकारका सङीत सुन्छन् । तर जब प्रेम सम्बन्धको अन्त्य हुन्छ, उनीहरु नारायण गोपाल कै गीत सुन्छन ।
“जुन फूल मैले चाहेको थिए” ले सम्बन्ध अन्त्य पछिको भावलाई समेटेको छ । यही गीत सुन्दै भावुक बन्नेहरुको तीन पुस्ता भैसकेको छ ।
“एउटा मान्छेको मायाले कति” गीत सुन्दै गर्दा प्रेममा परेका युगल जोडी फुरुङ हुन्छन । हुन पनि हो कुनै एक सहि ब्यक्तीको साथ र मायाले जीवन सुखद बन्छ । माया गरिने मान्छे सहि हुनुपर्ने तर्क सहित मायामा दुबुल्की मार्नेका लागि एक “पर्फेक्ट” गीत यो भन्दा अरु कुनै हुन सक्दैन ।
मादक पदार्थले उन्मत्त ब्यक्तीले कसरी सोच्छ ? के उसमा सबै समबेदना गुमाएको हुन्छ त ? यस्को जवाफमा पनि उनले गीत गाएका छन । “गल्ती हजार हुन्छ म मातिएको बेला”। यो गीत मार्फत उनले माया आफ्नो ठाउमा भयो तर मादकपदार्थले उन्मत्त अवस्थामा जे पनि हुन सक्ने बताउदै पृयसीलाई नजिक नआउन आग्रह गरेका छन् ।
यी त भए नारायण गोपालका केही गीतहरु जो अजर अमर छन । उनले गाएका करिव एकसय पचास गीत नै कहि न कही कुनै न कुनै रुपले परिस्थिति अनुकुल बन्छन् ।
आज आइतबार उनको पुन्य तिथीको अवसरमा सुरसिनेमा परिवारको तर्फबाट श्रद्धा सुमन ।