Sur Cinema

Edit Content

ताजा अपडेट

टोखा नगरपालिकामा घर/ घर, टोल/ टोलमा नि:शुल्क सेवा प्रदान गर्दै ग्रीन लाइफ हेल्थ केयर

काठमाडौं ।
स्वास्थ नै ठुलो धन हो भनिन्छ । यदी यही सवास्थ्यमा नै समस्या आयो भने ? यसको एक समाधान हो, ग्रीन लाईफ हेल्थ केयर मल्टीस्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक्स । ब्यवसाय भन्दा पनि सेवामुखी भाव बोकेर “तपाई को स्थानीय स्वास्थ साझेदार ” स्लोगन सहित यो हेल्थ केयर संचालनमा रहेको छ ।

लोकेसनको कुरा गर्ने हो भने यो टाेखा नगरपालिका धापासी दाहाल गौडा टावर नजिकै रहेको छ । यस संस्थाले स्थानीय स्तरमा सम्बन्धित निकायसङ अनुमती लिएर विभिन्न स्थानमा निसुल्क स्वास्थ सिबिर सन्चालन समेत गरिको छ। यस सस्थामा फिजिसियन, नसा तथा हाड जोर्नी, बाल रोग बिसेसज्ञ, प्रसुती तथा स्त्री रोग बिसेसज्ञ, दन्त रोग बिसेसज्ञ, नाक/ कान/ घाटिको परिक्षण तथा उपचार हुने गरेको छ । यी सुविधा लिने बिरामीलाई ल्याबका केही सेवा निसुल्क गरेको छ ।

सुगर तथा रगत समूह निशुल्क परिक्षण गरिने गरिएकोमा टिएफटी सेवा मात्र रु ५००मा दिदै आएको छ । र अन्य सेवामा स्थानीय टोखाबासीको लागि २५ % छुट को ब्यवस्था गरेको छ । यस सस्थाले टोखा नगरपालिका वाड न :५ मा भदौमा एक स्वास्त्य सिविर गरेको थियो ।

ग्रीनलाइफ हेल्थ केयर र श्री कृष्ण धार्मिक संघको सहकार्यमा गरिएको निशुल्क स्वास्थ शिबिरमा जम्मा १०५ जना ले स्वास्थ सेवा प्राप्त गरेका थिए । जसमा फिजिसियन सेवा २५ जनाले लिएका थिए । नसा तथा हाड जोर्निका १८बिरामी आएका थिए भने बाल रोगी २५जना आएका थिए ।

प्रसुती तथा स्त्री रोकका बिरामी दस जना तथा दन्त रोग अन्तर्गत ७जनाले सेवा लिएका थिए । इएनटीका २० जना बिरामि हरुले अफ्नो स्वास्थ जाँच गराएर लाभ प्राप्त गरेका थिए । साथै ल्याब सुबिधा अन्तर्गत सुगर ४०जनाको परिक्षण गरिएको थियो । रक्त समुहा जाँच गर्न २०जना ब्यक्ती पुगेका थिए । यो त एक उदाहरण मात्रै भएको र आगामी दिनमा यस्ता कृयाकलाप निरन्तर गर्दै जाने यस सस्थाका सन्चालकले बताएका छन ।