Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आर्यन सिग्देल अभिनित ‘सायरा’ विश्वभर रिलिज हुने

काठमाडौं : नायक आर्यन सिग्देल स्टारर सिनेमा ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुने भएको छ।

पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरी र यस् सिनेमाका प्रस्तुतकर्ता रघु परियारबीच ‘वर्ल्डवाइड रिलिज’ बारे बिहिवार सम्झौत भएको हो।

बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा निर्माण हुने नेपाली सिनेमा ‘सायरा’ सन २०२३ मा रिलिज हुने बताइएको छ।

निर्माण टिमका अनुसार सिनेमा अष्ट्रेलिया र नेपालमा छायांकन गरिने छ। सिनेमामा रघु परियारलै कथा रहेको छ।

नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त निर्माणमा बन्न लागेको सिनेमामा आर्यनासँगै कविता नेपाली,
सुफिया सिद्दिकीको अभिनय रहने बताइएको छ।

त्यस्तै, सिनेमामा भारतीय अभिनेता तथा मोडल धानिष सोनी समेत अनुबन्धित भएका छन् ।