Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘डिसेम्बर फल्स’को गीत ‘फकाउनै जानिनँ’मा आर्यन र उपासनाको ठुम्का

काठमाडौं : प्रवीण झा निर्देशित सिनेमा ‘डिसेम्बत फल्स’को नयाँ गीत रिलिज भएको छ। सोमबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले ‘फकाउनै जानिनँ’ बोलको गीत रिलिज गरेको हो।

दिपक शर्माको शब्द अनि संगीत रहेको गीत डान्सिङ प्याटर्नमा आधारित छ। लोकप्रिय गायक गायिकाद्वय निशान भट्टराई र मेलिना राइको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ।

भिडियोमा भने नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरीलाई ठुम्का लगाउँदै गरेको देख्न सकिन्छ। दर्जनौं कोरस डान्सरसहितको भिडियो निकै आकर्षक छ।

भिडियो हेर्दा निर्माण टिमले निकै खर्च गरेको आभाष हुन्छ। त्यसो त आर्यन र उपासनाको जोडी पनि भिडियोमा गजब देखिएको छ। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको यस् सिनेमामा बिपिका खनालको कथा रहेको छ। सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले रहेका छन् ।

आर्यन र उपासनाको मुख्य भुमिका रहेको यस् सिनेमामा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई
महेश आर गुप्ताले खिचेका हुन् । त्यस्तै बनिश शाहको सिनेमामा सम्पादन रहेको छ।