Sur Cinema

Edit Content

ताजा अपडेट

नीर कमलद्वारा रचित ‘कहाँ राखुँ प्रिय’ (भिडियो सहित)

काठमाडौं ।
गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्क्वायरमा एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।

लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीतसंग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो ।

प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो। गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त ‘छन्दे’ हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजाईनर सुमित रजक रहेका थिए । बैजु खड्काको प्रस्तुती रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो । गीत श्रृजनमा साथ दिदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठलेले भिडियो निर्माणमा सहयोगी भूमिका खेलेका थिए ।