Sur Cinema

Edit Content

ताजा अपडेट

करिश्माले मागिन रेखाको लागि भोट

काठमाडौं । एक त कलाकारिता क्षेत्र, त्यसमाथि राजनीति। दुबै क्षेत्रमा मानिस साम, दाम दण्द भेद प्रयोग गरि माथि जान चाहान्छन् ।

दुस्मनी मोल्ने र आफू माथी पर्न जस्तो पनि हत्कण्डा प्रयोग गर्छन्। तर कहिलेकाहीँ भने यो सब भन्दा भिन्न अभ्यास पनि हुने गर्छ ।

यस्तै देखियो मंगलबार। नायिका पहिला र नेता पछि बनेका दुई नाम हुन् रेखा थापा र करिश्मा मानन्धर । कला क्षेत्रमा आफ्नै स्थान बनाउन सफल यी दुई अहिले राजनितीमा छन, त्यो पनि भिन्न भिन्न पार्टीमा ।

रेखा निर्वाचन प्रतिनिधि समेत हुन मोरङबाट ।एमाले प्रवेश गरेकी मानन्धरको ब्यस्तता पनि छुट्टै छ । घर दैलो कार्यक्रममा सकृय छिन ।

यही व्यस्तताबिच मानन्धरले अर्को पार्टीबाट उम्मेरद्वार बनेकी थापाका लागि भोट मागेकी छिन् ।कलाक्षेत्रका लागि भन्दै उनले मोरङ बासी सङ भोट गर्न अपिल गरेकी हुन ।

कला क्षेत्रका ब्यक्तीलाई सोही क्षेत्रका व्यक्तिले निर्वाचनमा साथ नदिएको चर्चा हुँदै गर्दा करिश्माको यो कदम प्रशंसनीय छैन त ?