काठमाडौं
‘सिङ्गिङ सुपरस्टार नेपाल’ रियालिटी शो को उपाधि राजेश राईले हात पारेका छन् । राईले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै २० लाख नगत सहित उक्त उपाधि हात पारेका हुन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिनुभएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । करीब ५० वटा गीत रेर्कड गराउनुभएका राईको अर्खौले बजारमा, दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् ।