Sur Cinema

Edit Content

ताजा अपडेट

बेनिशाले आर्यनलाई ‘आउन राजा बाजा बजाएर’ भनेपछि..!

काठमाडौं : त्यसो त नेपाली सिनेमाका कलाकारहरु पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुनेक्रम बढ्दो छ। यसैबीच नायक आर्यन सिग्देल पनि सिने म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् पछिल्लो समय।

हालैमात्र आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। ‘आउन राजा’ बोलको म्युजिक भिडियो सोमबार रिलिज भएको हो।

गीतमा एसडी योगी र दीक्षा जे थापाको सुमधुर आवाज रहेको छ। गीतमा हर्क साउदको शब्द छ भने एसडीकै संगीत छ।

विवाह महिना मंसिरलाई लक्षित गर्दै रिलिज गरिएको म्युजिक भिडियोमा आर्यनसँगै नायिका बेनिशा हमाल पनि फिचर्ड छिन् ।

भिडियोमा ‘आउन राजा झ्यानकुटी बाजा बजाएर’ भन्दै बेनिशाले इन्ट्री गर्छिन् । आर्यन र बेनिशाको केमिस्ट्री गजब देखिएको छ । साथै, आर्यन र बेनिशाको आकर्षक डान्स पनि देख्न सकिन्छ भिडियोमा।

भिडियोलाई निकेश श्रेष्ठले निर्देशन गरेका छन् । आकर्षक फ्रेममा हरि हुमागाईँले खिचेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियो…