Sur Cinema

Edit Content

ताजा अपडेट

‘नाईं नभन्नु ल ६’को सुटिङमा व्यस्त आँचल

काठमाडौं : थोरै सिनेमा गर्ने तर गुणस्तरीय गर्ने नायिका हुन् आँचल शर्मा। संख्यात्मक हिसाबले थोरै सिनेमामा काम गरे पनि आँचलको लोकप्रियता उच्च छ।

आँचल अभिनित सिनेमा ‘झिंगे दाउ’ यस् वर्ष बक्स अफिसमा राम्रो गर्ने सिनेमाको लिस्टमा समेत पर्न सफल भयो।

‘झिंगे दाउ’ पछि आँचल यतिबेला सिनेमा ‘नाईं नभन्नु ल ६’को सुटिङमा व्यस्त छिन् । विकासराज आचार्यको निर्देशनमा बन्न लागेको यस् सिनेमाको तीन हप्ता अघिदेखि छायांकन सुरु गरिएको हो।

हाल आँचलले आफ्नो सम्पुर्ण समय ‘नाइँ नभन्नु ल ६’लाई दिएकी छिन् । उनले यस् सिनेमामा नव नायक आशिर्वाद क्षेत्रीसँग जोडी बाँध्दैछिन।

आम दर्शकहरुको प्रतीक्षा बन्न सफल यस् सिनेमाले बक्स अफिसमा कस्तो व्यापार गर्ला त्यो त रिलिज मिति कुर्नुपर्ने नै हुन्छ।