Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ऋषिराज आचार्यको ‘ड्रीमगर्ल’ युट्युबको शीर्ष स्थानमा

काठमाडौं:- दसैंको छेको पारेर दर्शकमाझ ल्याएको सिनेमा ‘ड्रीमगर्ल’ लाई युट्युबमा दर्शकले मन पराएका छन् । ड्रीमगर्ल अहिले युट्युबको ट्रेडिङ पाचौ नम्बरमा रहेको छ । यो सिनेमालाई हाइलाइट्स नेपाल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

यो सिनेमामा आकाश श्रेष्ठ, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुशील पोख्रेल, लक्ष्मी गिरी, रश्मि भट्ट, आश्मा गिरी, पुजा पराजुली, विल्सन बिक्रम राई, तुलशी प्रशाद श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । आरबि मुभिजको प्रस्तुति रहेको यो सिनेमामा रिल एन्ड रिएल सिनेमाको सहकार्य छ ।

अर्जुन पोखरेलको संगीत रहेको यो सिनेमामा अन्जु पन्त, सुरेस लामा, अर्जुन पोख्रेल र दुर्गा खरेलको स्वर रहेको छ । ऋषिराज आचार्य, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको यो सिनेमा ऋषिराज आचार्यले नै निर्देशन गरेका हुन् । यो सिनेमा नेपालको सुन्दर ताल रारा तथा थाइल्यान्डमा छायांकन गरिएको छ ।