काठमाडौं : लोकप्रिय कलाकार हरिवंश आचार्यले आफ्नो छोरा आफ्नो बा जस्तै लाग्ने बताएका छन्। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’को कथासंग दाँज्दा छोरा मोहित बा जस्तै लागेको उनले बताएका हुन् ।
हलमा आफू अभिनित चलचित्रले दर्शकको राम्रो साथ अनि प्रतिक्रिया पाइरहेको बेला हरिवंश हल भिजिट कार्यलाई निरन्तरता दिइरहेका छन् ।
शनिबार राजधानीका केही हल भिजिट पश्चात् हरिवंशले मिडियासँग केही कुराकानी गरेका थिए।
कुराकानीको क्रममा आफ्ना स्वर्गीय बुवाको तिथि गरेर हलमा आएको उनले बताएका थिए।
त्यसो त, बा’को छिट्टै निधन भएकोले बा’को लागि आफुले केही गर्न नसकेको उनको भनाइ थियो। यधपी त्यसमा आफ्नो गल्ती नभएको र बा आमाले सत्कर्म गरेको भएर अहिले आफुले सन्तानको सुखभोग गरिरहेको अनुभव उनले सुनाएका थिए।
‘प्रदीप भट्टराई निर्देशित र आफू अभिनित चलचित्र ‘महापुरुष’ हेरेपछि बा’लाई सम्झिँए’, हरिवंशले मिडियाको अगाडी भने, ‘चलचित्रलाई छोरासंग दाँज्दा मेरा बा जस्तै मेरो छोरा लाग्यो। किनकी मेरा हरेक कमी कमजोरीलाई सच्याउँन सहयोग गर्छ मेरो छोराले। चलचित्रमा छोराले निर्वाह गरेको भुमिका मेरो छोराले पहिल्यै त्यो कर्म गरिसक्यो।’
त्यसो त, हरिवंश मात्रै नभएर चलचित्रका निर्देशक प्रदीप भट्टराई, कलाकार गौरी मल्ल, अन्जना बराइली, अरुन क्षेत्री लगायतको टिम दर्शकसंग भेटघाट गर्दै प्रतिक्रिया लिने काम यतिबेला गरिरहेको छ।