Sur Cinema

Edit Content

ताजा अपडेट

शोभितको ‘जय हो’ मा सलोन

७ कार्तिक २०७९
काठमाडौं: तिहारको अवसर पारेर सोमवार अर्थात आज लक्ष्मी पूजाको दिन निर्माता तथा निर्देशक शोभित बस्नेतले ‘जय हो’ निर्माण गर्ने घोषणा गरेको छ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको प्रस्ततुकर्तामा शोभित बस्नेत स्वयम् रहने छन् ।

निर्माण टिमका अनुसार सिनेमामा सलोन बस्नेत फाइनल भएका छ्न,भने अर्को एक अभिनेता र अभिनेत्री पनि रहने छन् । निर्माण टिमका अनुसार सिनेमामा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भैरहेको छ ।


हालसम्म सिनेमाको निर्देशक पनि फाइनल गरिएको छैन् । सुरेश न्यौपानेले कथा लेखिरहेकको सिनेमामा पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ । सिनेमालाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन।


उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । एक्सन लभस्टोरी कथामा निर्माण हुने सिनेमाको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहने छ भने अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ। आगामी माघ बाट काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिने उक्त सिनेमालाई नेपालको छायांकन सकिएपछि केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिने छ ।