Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘महापुरुष’ टिमले खेल्यो देउसी भैलो (फोटो फिचर)

काठमाडौं : त्यसो त यतिबेला बहुप्रतिक्षित बनेको सिनेमा हो ‘महापुरुष’। प्रदीप भट्टराईको लेखन एवम् निर्देशन रहेको सिनेमा आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ।

सोसल ड्रामा भनिएको सिनेमाको निर्माण टिमले यतिबेला प्रचारप्रसार व्यापक गरिरहेको छ। सिनेमाको थप प्रचारप्रसार होस् भनेर निर्माण टिमले शनिबार साँझ देउसी भैलो कार्यक्रम पनि गरेको थियो।

काठमाडौं स्थित बानेश्वरमा इन्द्रेणी टिमको सहकार्यमा फिल्मका सम्पुर्ण कलाकार उपस्थित भइ देउसी भैलो खेलेर रमाइलो गरेका थिए।

देउसी भैलो कार्यक्रमको प्रस्तुतकर्ता भने रेडियो अडियो हो। उक्त कार्यक्रममा विभिन्न संगीतकार एवम् कलाकारहरु साथै दर्शकहरुको समेत उपस्थिति रहेको थियो।

सुरसिनेमाकर्मीले कैद गरेका देउसी भैलोका केही तस्वीरहरु ;-