३० असोज २०७९
काठमाडौं : वास्तविक नामभन्दा सिनेमामा निभाएको क्यारेक्टरको नामबाट बढी चिनिने अभिनेता हुन् विपिन कार्की। हरेक सिनेमा पिच्छे फरक फरक क्यारेक्टर अब्बल तरिकाले निभाएका विपिनलाई ‘भष्मे डन’ले धेरै चिनायो। अझ भनौं विपिनलाई वास्तविक नामबाट भन्दा पनि ‘पशुपति प्रसाद’मा उनले निभाएको ‘भष्मे डन’ क्यारेक्टरको नामले दर्शकले बढी चिने।
विभिन्न ठाउँमा जाँदा पनि ‘भष्मे डन’ भने चिन्ने र बोलाउने गरेको विपिनको अनुभव छ। तर अब झन् थप अर्को क्यारेक्टरको नामले चर्चा दिनेमा आफू ढुक्क रहेको विपिन बताउँछन् । विपिनका अनुसार आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘के घर के डेरा’बाट थप अर्को नाम मिल्नेछ ।
विपिनले ‘के घर के डेरा’मा ‘शंखे दादा’को क्यारेक्टर निभाएका छन् । जुन क्यारेक्टरको नाम सिनेमा रिलिजपछि दर्शकको जिब्रोमा झुन्डिनेमा विपिन विश्वस्त रहेको बताउँछन् । भर्सटायल क्यारेक्टर एवम् अभिनय गर्न सक्ने अभिनेताको छवि बनाएका विपिनले अन्य सिनेमा भन्दा ‘के घर के डेरा’मा झन् फरक क्यारेक्टर निर्वाह गरेको विपिन बताउँछन् ।