३० असोज २०७९
काठमाडौं : अन्तर्वार्ताको क्रममा पछिल्लो समय अतिथि कलाकारलाई ‘यो मन पर्छ कि त्यो ?’ भनेर सोध्ने क्रम निकै बढ्दो छ। सरर कलाकारका अन्तर्वार्ता वाला कार्यक्रम हेर्यो भने हामी सजिलै यस्तो प्रश्न गरेको देख्न अनि सुन्न सकिन्छ ।
यस्तो प्रश्नको उत्तर दिएर कतिपय कलाकारहरु त कन्ट्रोभर्सीमा समेत परेका छन् । तर जे होस् अतिथि कलाकारहरुले पनि उत्तर दिन आनाकानी गरेपनि दुई मध्य एक चाहिँ छानेरै छोड्छन् ।
यस्तै, नायिका वर्षा राउतले पनि यस्तो प्रश्नको सामना गरेकी छिन् । ‘हिट नेपाल’ मिडियामा अन्तर्वार्ता दिने क्रममा नायिका स्वस्तिमा खड्का र पूजा शर्मा मध्य एक छान्न दिइएको थियो।
वर्षाले भने पूजा नरोजेर नायिका स्वतिमा खड्का रोजेकी छिन् । कुन रुपमा पूजालाई नरोजेर स्वतिमा रोजिन त्यो त वर्षालाई नै थाहा होला।
त्यसो त, वर्षालाई ‘नाइ न भन्नू ल’ कि ‘जात्रा’ भनेर पनि रोज्न दिइएको थियो। यसमा भने वर्षाले ‘जात्रा’लाई छानेकी थिइन् ।