Sur Cinema

Edit Content

ताजा अपडेट

दर्शकले रुचाए ‘हिजो आजका कुरा’, गरे ऋचाको प्रशंसा

२९ असोज २०७९
काठमाडौं:- नेपाली सिनेमा हिजो आजका कुराको निर्माण युनिटले दर्शकसँग साक्षात्कार गरेको छ ! काठमाडौंको सिभिल मलमा भएको साक्षात्कार कार्यक्रममा सिनेमा हेरेका दर्शकले अभिनेत्री ऋचा शर्माको खुलेर प्रशंसा गरे ।

सिनेमाले सर्वसाधारण नागरिकको घर घरको कहानीलाई मुल विषयबस्तु बनाएको भन्दै दर्शले सिनेमाको कहानी मन परेको बताएका छन् । सिनेमाको माउथ पव्लिसिट बलियो रहेकोले हलहरु हाउसफुल भइरहेका छन् । आज शनिबार देशभरका हलहरु हाउसफूल भएको निर्माण पक्षको दाबी छ ।

काठमाडौंका हलहरुमा साँझको सो हाउसफूल हुँदा दर्शकहरु सिनेमा हेर्न नपाएर फर्किनु परेको भन्दै उचित हलको व्यवस्था गर्न पनि निर्माण युनिटले हलवालाहरुसँग माग गरेको छ । साकार पन्त निर्देशित सिनेमामा सन्तोष र रमासँगै, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, स्व. जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय छ ।