Sur Cinema

Edit Content

ताजा अपडेट

‘के घर के डेरा’मा हामी सबैले दैनिक भोगेको कथा छ’- निर्देशक खनाल

२९ असोज २०७९
काठमाडौं : आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘के घर के डेरा’को बिहीबार राजधानीमा पत्रकारसँग विशेष भेटघाट गर्‍यो। पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका अधिकांश टिमको सहभागीता रहेको थियो। प्रदर्शनको मुखमा रहेको ‘के घर के डेरा’मा हामी सबैको कथा रहेको सिनेमाका निर्देशक दिपेन्द्र के खनालले बताएका छन् । निर्देशक खनालले पत्रकारसँग कुरा गर्दै हाम्रो साझा कथालाई सिनेमाले उठाएको जिकिर गरे। त्यसो त, उपस्तिथि सिनेमाका कलाकारहरु बिपिन कार्की, सुरक्षा पन्त, दयाहाङ राई, वर्षा राउत लगायतले पनि सबैले हेर्नुपर्ने सिनेमा रहेको बताएका थिए।

हिट मुभी निर्देशकको रुपमा रहेका दिपेन्द्रको यो सिनेमालाई लिएर दर्शक उत्साहित छन् । काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षको कथालाई सिनेमामा उठान गरिएको छ । कमेडी तथा सोसल जनरामा बनेको यस सिनेमाको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ। सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।