Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पल र पूजा स्टारर ‘म यस्तो गीत गाउँछु २’लाई युट्युबमा रुचाइयो

२७ असोज २०७९
काठमाडौं:- पल र पूजा स्टारर सिनेमा ‘म यस्तो गीत गाउँछु २’ युट्युब ट्रेन्डिङमा काठमाडौं : सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ युट्युबमा आइसकेको छ। दशैंको छेको पारेर ‘बुढासुब्ब डिजिटल’को युट्युब च्यानलबाट करिब २ हप्ताअघि सिनेमा रिलिज गरिएको हो।

नायक पल शाह र नायिका पूजा शर्मा स्टारर उक्त सिनेमा गत फाल्गुनमा रिलिजमा आएको थियो। सिनेमाले दर्शकको राम्रो साथ पाएको थियो। बक्सअफिसका अनुसार सिनेमाले कमाई पनि राम्रो गरेको थियो। यता युट्युबमा रिलिज भएलगत्तै सिनेमा ट्रेन्डिङमा बसिरहेको छ। यो समाचार तयार पार्दासम्म सिनेमालाई रिलिज भएको १२ दिनमा २५ लाख बढी भ्युज युट्युबमा मिलेको छ।भने, सिनेमा युट्युब ट्रेन्डिङको ४ औं स्थानमा छ। सिनेमालाई दर्शकले औधी रुचाएका छन् ।

सिनेमा एकदम राम्रो लागेको प्रतिक्रिया दर्शकले युट्युबमा दिएका छन् । करिब ६ हजार बढी सकारात्मक प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ। अधिकांस दर्शकले पल शाहलाई मिस गरेको कुरा प्रतिक्रिया दिएका छन् । उसो त, पल शाहको अहिलेको वास्तविक जीवनमा मेल खाने कथा सिनेमामा भएर पनि होला दर्शकले पललाई धेरै सम्झिएको। प्रेम कथामा आधारित सिनेमामा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, रोनिका रोकाय लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ। सिनेमामा सुदर्शन थापाकै कथा रहेको छ।

एउटा प्रेमिल जोडीको प्रेम जीवनमा आउने उतारचढावको कथामा आधारित सिनेमाको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । सुदर्शन र पूजा सिनेमाका निर्माता हुन् भने जन्म जय साम्पाङ राई सिनेमाका सह-निर्माता रहेका छन् । सिनेमामा सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन एवम् रामजी घिमिरेको कोरियोग्राफी रहेको छ। त्यस्तै, अर्जुन पोखरेलको संगीत सिनेमामा रहेको छ। अस्मिता अधिकारी, सोनम तोप्डेन लगायतले यस् सिनेमाको गीतमा आवाज दिएका छन् ।युट्युबमा रिलिज भएसंगै हलमा हेर्न जान नपाएका दर्शकहरु खुशी भएका छन् ।