२७ असोज २०७९
काठमाडौं:- नेपालीहरूको महान् पर्व तथा ठूलो चाड तिहार आउने तयारीमा छ । तिहार भन्दा वितिकै देउसी भैलोको चर्चा हुने गर्दछ । तिहारका गीत सङ्गीतको बेग्लै रौनक हुने गर्दछ । तिहारलाई लक्षित गर्दै नयाँ नयाँ गीत सार्वजनिक पनि हुन थालेका छन् ।
यही मेसोमा नारायण रिजालको निर्देशन र कोरियोग्राफिमा ‘तिहारै आयो झिलीमिली’ सार्वजनिक भएको छ । संजय तुमरुक र सब्बु केसी साथमा रवी केसीको स्वर, पदम साधना कुलुङको शब्द, विकास चौधरीको सङ्गीत सजय हमालको एरेञ्ज र शुशिल विक्रम शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा नारायण रिजाल, रेनुका रिजाल, रोशन बुढाथोकी, अजय थापा, प्रतिज्ञा भण्डारी, युनिशा रिजाल, हरिवंश पन्त, सुदर्शन भट्टराई, सम्पूर्ण श्रेष्ठ, गणेश कार्की, देवी खड्कालगायत लाई फिचरिङ गरिएको छ ।
शिव कैलाश कला मन्दिरको भिडियो प्रोडक्सन रहेको गीतको भिडियोलाई दिव्य सुवेदीले छायाँकन गर्नुभएको हो भने विष्णु शर्माको सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।