हास्य कलाकार तथा नायक दीपकराज गिरीले प्रेम गीत चलचित्र नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्दा नियमअनुसार कर तिर्नुपर्ने बताएका छन् । चलचित्रलाई कर छुट दिनुपर्ने विषयलाई लिएर चलचित्र क्षेत्र विभाजित भइरहेको अवस्थामा गिरीले नियम सबैलाई समान हुनुपर्ने बताएका हुन् । साथै गिरीले प्रेम गीत युनिटले कलाकारहरुको खपमान गरेको आरोप पनि लगाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गिरीले आफूसहित भूवन केसी , अनमोल केसी, झरना थापा र सरोज खनालजस्ता कलाकारलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताए । कुनै पनि चलचित्र चल्दा सबै कलाकर्मीलाई फाइदा पुग्ने भन्दै गिरीले आरोप प्रत्यारोप छोडेर चलचित्र क्षेत्रको उत्थानमा लाग्न पनि सम्पूर्ण कलाकर्मीलाई आग्रह गरेका छन् ।