Sur Cinema

Edit Content

ताजा अपडेट

कीर्तिमानी गीतकार डा. उपाध्यायलाई प्रबल जनसेवाश्री

४ असोज २०७९

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. धर्मराज उपाध्याय (डीआर उपाध्याय) लाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको छ ।

गीत संगीतका साथै विविध क्षेत्रमा ११० विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायको योगदानको कदरस्वरूप संविधान दिवसको अवसरमा पदकको घोषणा गरिएको हो ।

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका २६ एल्वमका सयौ गीत श्रोता÷दर्शकमाझ रहेका छन् ।

स्तै उहाँका १४ उपन्यास पाठकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।