Sur Cinema

‘अभिमन्यु’को गीत ‘लड्की गोरी’लाई दर्शकको साथ : २ दिन मै १० लाख भ्युज !

काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भोजपुरी लवजमा तयार भएको गीत डान्सिङ प्याटर्नमा छ । पछिल्लो समय डान्सिङ गीतहरू चलिरहेको समयमा यो प्यार्टनको गीत आउँदा दर्शकले खुला हृदयले स्वागत गरेको पाइएको छ । यो गीत तराई क्षेत्रमा थप मन पराउने निश्चित छ ।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा आइटम डान्स जुना सुन्दासको छ । कोरियोग्राफी रोहन विश्वकर्माको छ । सिनेमा भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

पोस्टप्रोडक्सनमा रहेको सिनेमाको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमामा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । सिनेमामा शरद महतोको डिओपी रहेको छ ।