Sur Cinema

तीज गीत ‘जुँगा कालो पारेर’ : अधबैसे बैँस र त्यसैको जोसलाई मिठ्ठो रुपमा प्रस्तुत

काठमाडौं : अधबैसे बैँस र त्यसैको जोसलाई मिठ्ठो रुपमा शब्द चयन गरि “जुँगा कालो पारेर” तीज विशेष गीत सार्वजनिक गरिएको छ । बुनु श्रेष्ठ र श्री कृष्ण बम मल्लको स्वर रहेको गीतमा शब्द संगीत मल्ल कै रहेको छ भने संगीत  सम्योजनको जिम्मा सुदिप सागरले समेटेका छन । 

यमन श्रेष्ठको कमिक डाईलग र अभिनयमा  बिना राउत र बुनु श्रेष्ठले साथ दिएका छन् । कोरियोग्राफी र निर्देशन राजिव समरको रहेको गीतको भिडियो कन्सेप्ट स्कृप्ट र डाईलग भने यमनको रहेको छ ।

 कमेडीमा छाप छोड्दै गरेका यमनकै कारण पनि भिडियोले हसाउँदै हसाउँदै अधबैसेको यथार्थलाई बाहिर ल्याउछ । पशुपति श्रेष्ठ र बद्री श्रेष्ठले खिचेको भिडोयो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । तीजमा फरक स्वादका रमाईला गीत खोज्नेका लागि यो गीत एक बन्न सक्छ ।