काठमाडौं : अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा निर्माणाधीन सिनेमा ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो । यसअघि नीता र विपनाले सिनेमा ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो ।
विपनाले सिनेमा ‘सुख दुख’मा आफु जोडिन पाउँदा एकदम खुसी लागेको बताईन्। उनले सिनेमाको कथाले नै आफुलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको सिनेमामा काम गर्न पाउदा असाध्यै उत्साहित भएको बताएकी छिन् । नीताले पनि आफ्नो सिनेमामा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताउनुभएको छ ।
नीताले यसअघि यो सिनेमाका लागि कलाकारका रुपमा मिथिला शर्मा,मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन्। आगामी फागुनबाट छायांकनमा जाने यो सिनेमालाई चर्चित भारतिय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन् । ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो सिनेमा आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ ।
यो सिनेमाको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।















