Sur Cinema

नीताको ‘सुख दु:ख’मा मिथिला शर्मा

काठमाडौं : अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने सिनेमा ‘सुख दुःख’मा चरित्र अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन् । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो ।

यसअघि यो सिनेमाका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए । उनीहरु बाहेक यो सिनेमाको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन् । नीताले मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताएकी छिन् ।

नीता ढुंगानाको डेब्यु निर्देशन रहने सिनेमाको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो सिनेमा २०८३ दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ । यो सिनेमाको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।